कामीरिता शेर्पाले चढे २३ औं पटक सगरमाथा नयाँ कीर्तिमान कायम

  • १ जेष्ठ २०७६, बुधबार १३:४३
  • 429 Views


Radin NRN

कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले आज बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान राख्नुभएको हो ।

२३ औं पटक सगरमाथाको सफल आरोहण गरेर उहाँले आफ्नै कीर्तिमान तोड्नु भएको हो । पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले कामीरिताले सगरमाथाको सफल आरोहण गरेका पुष्टि गर्नुभएको हो ।

उहाँले यसअघि पनि २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नु भएको थियो ।

Avatar

Next Story