प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

  • १ जेष्ठ २०७६, बुधबार ०९:५०
  • 754 Views


radionrn

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली सहितको म्रमण टोली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री यही वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३०देखि आजसम्म कम्बोडियाको औपचारिक भ्रमण गर्नुभएको हो ।

Avatar

Next Story