प्रदेश २ को वैठक आज : प्रदेश प्रशासन व्यवस्था गर्ने विधेयक’माथि छलफल हुने

  • ३१ बैशाख २०७६, मंगलवार १०:२७
  • 637 Views
radionrn

प्रदेश २ को प्रदेशसभा बैठक आज पनि वस्दैछ । आज दिउसो १ बजे वस्ने बैठकमा ’प्रदेश प्रशासन व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयक’माथि छलफल हुनेछ। प्रदेश २ को हिजोको बैठकमा प्रमुख जिल्ला अधिकारी (सिडियो)सरह आफ्नै प्रशासन राख्न पाइने विधेयक प्रदेशसभा बैठकमा पेश भएको हो ।

प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न, जनताको सुविधा र सुशासन कायम राख्न प्रदेश २ सरकारले प्रमुख जिल्ला अधिकारी सरह आफ्नै प्रशासन राख्न पाउने व्यवस्था सहितको ’प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले लामो समयपश्चात् प्रदेशसभामा हिजो प्रवेश पाएको थियो।

तेश्रो अधिवेशन सुरु भएदेखि नै प्रदेशसभा अवरुद्ध हुँदै आएको कारण विद्येयकले संसद बैठकमा प्रवेश पाउन सकेको थिएन। तर, प्रदेश सरकार र प्रतिपक्षी दलबीचको सहमतिपश्चात् हिजो बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सो विधेयक संसदमा पेस गरे। सो विधेयक हिजो नै सर्वसम्मतिले स्वीकृत समेत भएको छ।

Avatar

Next Story