१५ लाख लागतमा विद्यालयमा भवन

  • २९ बैशाख २०७६, आईतवार १६:२१
  • 520 Views
Radin NRN

साजन परियार,पर्वत
पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका गुरुङ परिवारले १५ लाख खर्च गरी विद्यालयमा भवन निर्माण गरिदिएका छन् । उनीहरुले आफ्ना दिवंगत स्वर्गिय मेजर धनवहादुर गुरुङ र नरवहादुर गुरुङको सम्झानामा विद्यालयमा ट्रस भवन निर्माण गरेका हुन् । विद्यालयमा भवन नहुँदा पठनपाठन गर्न समस्या हुँदै आएको थियो । भवन विद्यार्थीलाई सहज हुनुका साथै विभिन्न प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने शिक्षिका रोशनी गुरुङले जानकारी दिनुभयो ।

भवनको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको थियो । उद्घाटन गर्दै मन्त्री लम्सालले भवन निर्माणले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले बुर्जुवा शिक्षाको अब अन्त्य गरी व्यवहारिक तथा प्राविधिक शिक्षाको लागु गर्नुपर्नेमा जोड दिनुभयो । मानिसलाई शिक्षित मात्र बनाउने परम्परागत शिक्षाले नेपालको दक्ष जनशत्ति खेर गइरहेको बताउदै मन्त्री लम्सालले शिक्षालाई प्रविधि मैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी, क्याप्टेन शेर वहादुर गुरुङ, क्याप्टेन लालप्रसाद गुरुङ, स्थानीय समाजसेवी लालकाजी गुरुङ, ,वडा नं. १४ का वडाध्यक्ष भिमवहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतम लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सोेही अवसरमा विद्यालयमा सरस्वती मन्दिरको समेत शिलान्यास गरिएको छ । ३ लाख लागतमा निर्माण हुने मन्दिरको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल गर्नुभएको हो ।कार्यक्रममा विद्यालयमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

Avatar

Next Story