आइपिएलको उपाधि भिडन्तमा आज मुम्बई र चेन्नई भिड्दै

  • २९ बैशाख २०७६, आईतवार १५:१९
  • 494 Views
Radin NRN

आइपिएल क्रिकेटको उपाधिका लागि आज राति मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल हैदरावादमा नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ।

यसअघि मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएको थियो।

जारी सिजनमा मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा हुन लागेको यो चौथो पटक हो। यसअघिका तीनै खेलमा मुम्बईले चेन्नईमाथि जित हात पारेको थियो ।

समूह चरणका दुवै खेल र पहिलो क्वालिफायरमा जित हात पारेको मुम्बई सन् २०१५ पछि उपाधि जित्ने अभियानमा छ । चेन्नई भने गत संस्करणको विजेता हो।

Avatar

Next Story