अमेरिकाले मध्य पूर्वी क्षेत्रमा मिसाइल र युद्धपोत पठाउने

  • २८ बैशाख २०७६, शनिबार १५:१६
  • 637 Views
Radin NRN

इरानसँग बढ्दो तनावका बीच अमेरिकाले मध्य पूर्वी क्षेत्रमा डिफेन्स मिसाइल सिस्टम र एक युद्धपोत पठाउने भएको छ ।
खाडी मुलुकमा रहेको युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुपसँग सो युद्धपोत सामेल हुने अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

पेन्टागनका अनुसार कतारमा बी ५२ नामक एक बम वर्षक समेत पुगीसकेको छ । खाडी मुलुकमा तैनाथ अमेरिकी सेनामाथि हुन सक्ने सम्भावित इरानी खतराको प्रतिक्रिया स्वरुप यस्तो कदम चालिएको पनि अधिकारीले उल्लेख गरेका छन् ।

इरानले भने अमेरिकाको यो कदमलाई मनोवैज्ञानिक युद्दका रुपमा चित्रण गरेको छ । पेन्टागनले इरानसँगको कुनै रिसीइबी नभई अमेरिकी सेनाको सुरक्षाका लागि यस्तो अभियान चाल्नु परेको स्पष्ट पारेको छ ।

Avatar

Next Story