टंकको “ज्यान सुकेर लौरी भैगो” आफू निर्देशक, भाइको डेव्यु ! (भिडियो)

  • २८ बैशाख २०७६, शनिबार १४:१३
  • 7969 Views


Radin NRN

काठमाडौँ । लोकप्रिय गायक तथा सर्जक टंक तिमिल्सैनाको “ज्यान सुकेर लौरि भैगो” बोलको लोक देउडा गीत सार्वजनिक भएको छ । युवा–पुस्ता माझ पछिल्लो समय लोक प्रिय कलाकार बन्न सफल टंकको स्वरमा रहेको यो कोसेली पनि निकै उत्कृष्ट सावित हुने छ ।

यसअघि तिमिल्सैनाका थुप्रै गीतहरु चर्चित छन् । केहि समय अघिमात्रै उनको गोधुली साझँमा बोलको गीत पनि दर्शक श्रोता माझमा लोकप्रिय बन्न सफल भएको थियो । यसअघि टंक गायक र गीतकारकारुपमा परिचत थिए भने यसपटक उनि एक निर्देशक भएर उभिएका छन् । सांगीतक क्षेत्रमा यो गीत मार्फत उनि आफु निर्देशक मात्रै भएका छैन्न् ।उनले आफ्ना भाईलाई भिडियोमा डेब्यु समेत गराएका छन् ।

भिडियो मा उनका भाइ राजेश तिमल्सिना र प्रबिना न्यौपानेले डेब्यु गरेका छन । त्यसैगरि उनले यो गीत मार्फत चर्चित गायिका मेलिना राइको जादुमय स्वरलाई देउडा गीतमा जोडेका छन् ।यो प्रयासले डेउडा गीतलाई एक उचाई पनि थपिदिएको छ ।

युवा साहित्यमा कलम चलाउदै आएका राम बिष्ट ‘अविरल’ को उत्कृष्ट शब्द सिर्जनामा तयार भएको यो गीतमा टंक आफैले संगीत दिएका छन् ।गीतको भिडियोमा बाल कलाकार राजेश तिमल्सिना प्रबिना न्यौपाने (डेव्यु) रहेका छन् भने नायक दिपक ढकाल र उर्मिला गुरुङको अभिनय पनि लोभ लाग्दोे छ । बालापन र त्यसबेलाको प्रेमसंग जोडिएको कथामा गीतको भिडियो तयार पारिएको छ ।

Avatar

Next Story