फलेवासमा प्रथम मेयर कप शुरु, अबको बिकास बायुपंखी गतिमा: मुख्यमन्त्री गुरुङ

  • २८ बैशाख २०७६, शनिबार १३:२३
  • 442 Views
Radin NRN

साजन परियार पर्वत | गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास तिव्र गतीमा अगडी बढेको बताउनु भएको छ ।

पर्वतको फलेवासमा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयर कप प्रतियोगिताको उद्घाटन गदैै मुख्य मन्त्री गुरुङले ६७ बर्षमा हुन नसकेको बिकास एक बर्षमा गर्न संभब नै नभएको बताउँदै आगामी बर्ष देखि बिकास बायुपंखी घोडाको गतिमा अघि बढ्ने दाबी गर्नुभयो ।

‘सरकारले काम गर्न सकेन भनेर एक बर्ष नहुँदै आलोचना भएको छ’ उहाँले भन्नुभयो ‘६७ बर्ष सम्म हुन नसकेको सबै काम एकै बर्षमा संभब छैन, पाँच बर्षभित्र नसोचेको बिकास हुन्छ’ ।

मुख्यमन्त्री गुरुङले तीन तहको सरकार सञ्चालन गर्न ऐन नीति र नियम बनाउनुपर्ने भएका कारण पहिलो वर्षमा देखिने गरी विकास हुन नसकेको बताउँदै ऐन नियम विधान सबै बनिसकेका कारण अबका वर्षमा विकासले गति लिन्छ भन्नुभयो ।

मानव जीवनमा स्वाथ्य महत्वपुर्ण भएको भन्दै मुख्यमन्त्री गुरुङले स्वाथ्य र शिक्षाका लागि प्रदेशले स्वाथ्य बिमा र शिक्षाका लागि गण्डकी प्रदेश स्तरीय प्राविधिक क्याम्पस सञ्चालनमा ल्याउने चरणमा रहको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पदम गिरीले यातायातमा रहेको सिन्डीकेट र अहिले भईरहेको जग्गा दलालीको अन्त्यमा सरकार लागि परिरहँदा अनर्गल प्रचार भईरहको बताउनुभयो ।

सरकारले धेरै लोकप्रिय कार्यक्रम ल्याएपनि बिपक्षीहरुले लोकप्रियता संग तर्सिर झिनामसिना कुरालाई मुद्दा बनाएर जनमत बचाउन प्रयत्न गरेको आरोप लगाउनुभयो । कार्यक्रममा कार्यक्रमा गण्डकी प्रदेशसभा सदस्य जुनादेबी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, लगायतको सहभागिता थियो ।

कार्यक्रममा मेयर पदमपाणी शर्माले नगरपालिकाको खेलकुदको पहिचान र विकासका लागि नगरपालिका स्तरीय मेयरकपको सुरुआत गरेको बताउनुभयो । शर्माले खेलकुदको विकासले राष्ट्रको विकास हुने भएकोले खेलप्रेमी युवाहरुको आग्रह र नगरपालिकाको सहयोगले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ स्पष्ट पार्नुभयो ।

‘खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिता २९ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा नगरपालिका भित्रका १५ वटा विद्यालय र ११ वटै वडाका खेलाडीहरुकोे सहभागिता रहेको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा विद्यालय स्तरीय फुटबल, भलिबल, एथलेटिक्स,तेक्वान्दो लगाएका खेलहरु हुनेछन् । फलेवास क्षेत्रमा भएका खेलाडीहरुको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रवक्ता गौडेलले बताउनु भयो । प्रतियोगितामा पहिलो हुने लाई नगद ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार सहित प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

Avatar

Next Story