चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन

  • २८ बैशाख २०७६, शनिबार ०९:३०
  • 624 Views
radionrn

लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको निधन भएको छ । इमेज एफएममा कार्यरत श्रेष्ठको गए राति उपचारको क्रममा ओम अस्पतालमा उहाँको निधन भएको हो ।

४५ वर्षका श्रेष्ठ लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट ग्रस्त हुनुहुन्थयो । गीतकार तथा संगीतकार रुपमा पनि आफ्नो पहिचान बनाउनुभएका श्रेष्ठले विभिन्न म्युजिक भिडियो निर्देशन समेत गर्नुभएको छ । उहाँका श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Avatar

Next Story