नेपाली फिल्म ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक

  • २७ बैशाख २०७६, शुक्रबार १६:३७
  • 1092 Views
radionrn

काठमाडौं – नेपाली चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक गरिएको छ । उक्त ट्रेलर  हाइलाइटस् डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सो चलचित्रको ट्रेलरलाई कमेडी रुपमा प्रस्तुत गरिएको छ । आउँदो जेठ २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा निशा अधिकारी, अभय बराल, भोलाराज सापकोटा लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका  छन् ।

महेश दवाडीले लेखेको उक्त चलचित्रको कथालाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

Avatar

Next Story