अमेरिकाद्धारा चिनियाँ वस्तुमा आयात कर वृद्धि , विश्व बजारमा असर

  • २७ बैशाख २०७६, शुक्रबार १५:०२
  • 663 Views
Radin NRN

अमेरिकाले चीनको २०० बिलियन डलर बराबरको उत्पादनमा दुई गुणाभन्दा बढी आयात कर लगाएको छ । यस्तो करका कारण चिनियाँ सामानको मूल्य १० देखि २५ प्रतिशतसम्म वृद्धि भएको छ । अमेरिकाको यस्तो कदमविरुद्ध आफूले छिट्टै जवाफ दिने चीनले बताएको छ । साथै, यो कदमलाई चीनले ‘दुःखपूर्ण’ मानेको छ ।

वासिङ्टनमा दुवै देशका अधिकारीहरु ट्रेड डिल गरिरहेका थिए । उक्त डिलबाट दुई देशबीच उत्पन्न व्यापारिक समस्या समाधान हुने अपेक्षा गरिएको थियो । चीनको वाणिज्य मन्त्रालयको वेबसाइटमा अमेरिकाले बढाएको आयात शुल्कबारे जानकारी दिइएको छ ।

दुई देशबीच उत्पन्न तनाव हटाउन अमेरिकाले सहयोग गर्ने चीनका वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङल भनेका छन् । समयसीमा पश्चात् चीनको सेयरबजारमा थोरै प्रभाव परेको छ । ह्याङस्याङको इन्डेक्समा ०.६ प्रतिशत र साङ्घाइ कम्पोजिटको १.५ प्रतिशत कारोबार बढेको छ । उता, अमेरिकामा चिनियाँ सामानको भाउ बढेपछि बजारमा उछाल आएको छ ।

Avatar

Next Story