प्रिबजेट छलफल आजदेखि, दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने

  • २७ बैशाख २०७६, शुक्रबार ०९:४१
  • 871 Views


radionrn

सरकारको बार्षिक बजेटका लागि सुझाव संकलन गर्न संसदमा आजदेखि प्रिबजेट छलफल शुरु हुदैछ । आगामी आर्थिक बर्षको बार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले छलफल गरी सुझाव दिनेछन् ।

प्रिबजेट छलफलका लागि बोलाईको संसद बैठकमा आज अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । उहाँले प्रतिनिधि सभामा विहान ११ बजे र राष्ट्रिय सभामा दिउसो १ बजे सो प्रस्ताव पेश गर्नुहुने भएको हो । उहाँको प्रस्तावमाथी दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ । आजदेखि ३० गतेसम्म सांसदहरुले धारणा तथा सुझाव राख्ने भएका छन् ।

हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारको नीति तथा कार्यक्रमपनि प्रिबजेट छलफलमा उठेका सुझावका आधारमा आउनु पर्ने भएपनि यस पटक प्रि बजेट छलफल अघि नै नीति कार्यक्रम पारित भइसकेको छ ।

अघिल्ला बर्षहरुमा प्रिबजेट छलफलपछि मात्रै नीति तथा कार्यक्रम पेश हुने गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रिबजेट छलफल नीति तथा कार्यक्रम भन्दा पहिले गर्न माग गरेको थियो ।

Avatar

Next Story