भण्डारीको ‘छिपछिपे पानीमा लेउ’ मा बिष्णु पितम्बरको आवाजमा नाँचे दिलीप र सुरक्षा (भिडियो)

  • २६ बैशाख २०७६, बिहीबार १७:१३
  • 1222 Views
Radin NRN

काठमाडौँ । चर्चित गीतकार एक नारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ’ सार्वजनिक भएको छ । नेपाली गीतसंगीतमा चर्चा र धेरैलाई मन पर्ने गीतकारकारुपमा परिचीत भण्डारीले रचना गरेका थुपै गीत हिट छन् । भण्डारीका हरेका सृजनामा मौलिकता भेटिन्छ ।
पछिल्लो समय भण्डारीले ‘छिपछिपे पानीमा लेउ’बोलको गीतसहित दर्शक माझ आएका छन् । उनले आफ्नै युटुव च्यानलबाट उक्त गित सार्वजनिक गरेका हुन् । भण्डारीको शब्द संगीत रहेको गीतमा बिष्णु माझी र पितम्बर जिसीको स्वर छ । गीतलाई प्रकाश भट्टले निर्देशन
गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । गीतमा नायक दिलीप रायमाझी र नायिका सुरक्षा पन्त फिचर्ड छन् ।

Avatar

Next Story