आज ३.९१ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

  • २३ बैशाख २०७६, सोमबार ०९:४१
  • 884 Views
radionrn

काठमाडौँ ; साबित्री ढकाल :- राष्ट्र बैँकले सोमबार तिन अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । ९१ दिन र एक बर्षका लागि ट्रेजरी बिल जारी गर्न लागिएको हो।

बैँकले ९१ दिनका लागि एक अर्ब ९१ करोडको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल आउँदो साउन २१ गते परिपक्व हुनेछ । यस्तै १ वर्ष अवधिका लागि जारी हुने दुई अर्ब रुपैयाँको ट्रेजरी २०७७ साल बैशाख २३ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी रिणपत्र हो । सरकारलाइ आवश्यक पर्ने अल्पकालिन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

Avatar

Next Story