कंगोमा इबोलाको महामारी ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

  • २१ बैशाख २०७६, शनिबार ११:४३
  • 585 Views
Radin NRN

कंगोमा इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ । कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कंगोमा गएको अगस्टदेखि इबोला महामारी फैलिएको हो । जारी महामारी कंगोको इतिहासमा दोस्रो भयानक इबोला महामारी हो । कंगोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारी नियन्त्रणमा लिनका लागि भइरहेका प्रयासहरु अविश्वास र हिंसाका कारण समस्या भइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का उप–निर्देशक डा. माइकल रायनले बताएका छन् ।

Avatar

Next Story