जनयुद्द के का लागी ? पुर्व लडाकुको आक्रोश

  • १९ बैशाख २०७६, बिहीबार १३:५५
  • 3003 Views
बिश्वबन्धु भण्डारी

बिश्वबन्धु भण्डारी
ति दिनहरु सम्झदा मन चसक्क हुन्छ राज्य परिवर्तनका लागी हिडेका माओवादी सिपाहीहरुसगँ म पनि बन्दूक़ बोकेर हिडेँ, बा र आमाले नजा छोरा नजा भनेर हत्ते हालेर रुदाँपनि देश बदल्नु छ भनेर घरवाट निस्किएको थिएँ । धेरै पर आउदाँसम्म अागनीको डिलमा बसेर आमाले आखाँवाट पिलपिल आँशु झार्दै चिच्याउनु भयो : “बाबु छिट्टै फर्केर आईज है “। बा हातमा हँसिया र नाम्लो बोकेर खोलासम्म सगै आउनु भयो, ज़िन्दगीमा कहिल्यै बा रोएको देखेकै थिईन तर त्यसदिन घुक्क घुक्क रुनुभो, ति दिन आजपनि झल्झली सम्झनामा छन् यस्तै हुन्छ भन्ने थाहा पाएको भए किन लाग्थे र म राजनितीमा ? किन हिड्थे र बा आमाको आशु लत्याएर ? अचानक उसका आखाँ रसाए, उ अथवा मेरो वालसखी रमेश, १५ दिन भएको थियो कतारवाट फर्केको, अनामनगरको एक रेष्टुरेन्टमा भेट्दा उसले सुनाऊदै थियो आफ्नो यथार्थ कहानी । प्रत्येक शव्दहरुमा आक्रोश थियो सगँसगै आत्मग्लानीपनि । सामाजिक मुक्ति र सर्वहाराहरुको उत्थानका लागी आफ्ना घर परिवार आफन्त अनि पढ़ाई सवै त्यागेर लागेको थियो जनयुद्दमा हो त्यसैको पश्चातापपनि थियो उसको वोलीमा ।
राजनीतिको खोल ओढेर सुराकी गरेको आरोपमा मैलेनै हो मेरो वालसखी रामेको खुट्टा भाँचिदिएको, मलाई क ख रा पठाउने बाबुराम गुरुलाई मैलेनै हो खोलाको बगरमा घाँटी रेटी रेटी हत्या गरेको , मैले नै हो गाउँका मन्दिर, गुम्वा मस्जिदहरु भत्काउन लगाएको । त्यतिवेला त यस्तो लाग्थ्यो गाँउका मुखिया, ज़िम्माल अनि बाहुन जमिन्दारहरु सबै शासक हुन् उनिहरुलेनै समाजमा सवैलाई सोसीत वनाएका छन्, तिनै सोसित र पिडीतहरुको मुक्तिका लागी मर्न अनि मार्न कुनै डर थिएन ।बिवेक र मानवता हराएको थियो, केटाकेटी छदाँ घरमा कसैले खसी काटिहाले भनेपनि डराएर रुने म मान्छे काट्न सक्ने शुरो र धारीलो भएको थिएँ, माथीवाट आदेश आउनासाथ आखाँ चिम्लेर मान्छेलाई नै ठोकिदिन्थे, आफ्नै आँखा अगाडी ढलेर एैया र आत्थाको हुकांरमा पानी पानी भन्दै कराईरहेका मानवलाई उठाउन त के एक थोपा पानी पिलाईदिने चेष्टा पनि गरिएन, ति पल झलझल्ली सम्झिरहेको छु यस्तो लाग्दैछ अचेल ति आत्माहरुले मलाई सरापीरहेछन् । तिनका परिवार अनि आफन्तीहरुले मलाईनै धिक्कारीरहेछन् । सामाजिक मुक्ति र स्वतन्त्रताका लागी हामीले गरेको त्यो संघर्षको परिणाम के आयो त खै ? उसका आखाँवाट ईन्द्रावती ब्रगेल्ती झरे, मेरो मनमा पनि चिसोपना छिर्यो म चुपचाप थिए केहि वोल्नै सकिरहेको थिईन, बिस्तारै मेरा आखाहरुपनि रसाए, केहि बेरको स्तव्धता पछि टेवुलको वोतल तानेर पानी पियो उस्ले,शसस्त्र युद्दको एक सच्चा सिपाही, आमुल परिवर्तन गरी गरिव सोसीत पिडीत जनताहरुको आवाज़ उठाउदै गाउँगाउँ जागरण फैलाउदै हिडेको युद्दको साक्षी योद्दा थियो उ । गणतन्त्रका लागी हज़ारौ युवाहरुको आवाज़ र आशु वोकेर हिडेको क्रान्तिकारी निडर युवा आज आफै पिलपिल आशु झारेर मेरै अगाडी रोईरहेको थियो, उसको मनलाई केहि शान्त दिलाउनु थियो सकारात्मक भएर मैले सोधेँ : “तिमीहरुले भनेको गणतन्त्र र जनताको शासन त आएको छ, तिमीहरुकै कम्युनिस्ट पार्टी सत्तामा छ, २ तिहाई सरकार छ बिस्तारै बिकास हुन्छ होला नी त, मेरो कुरा भुईमा झर्न नपाउदै उ झन् आक्रोशित हुदै भन्यो : के को गणतन्त्र ? संबिधानमा लेखेर मात्र हुन्छ ? व्यवहारमा खै ? अन्यायमा परेको साधारण जनताहरुले न्याय पाएको खै ? शान्ती सुरक्षा र देशमै रोजगारी खै ? एयरपोर्ट र राहादानी बिभाग अगाडीका ति युवाहरुको लाईन के देशमै रोजगारीका लागी फ़ारम भर्नेको लाईन हो ? भष्ट्रचार, अनियमितता, गुण्डागर्दी, वलात्कार के यहि हो गणतन्त्र ? शहरका गल्लीहरुको देश खोज्दै खुव डुले कहाँ गयो पृथ्वीनारायण शाहले दुखले आर्जेको मुलुक ? राजा महेन्द्र, वि पी कोईराला र मदन भण्डारीको राष्ट्रीयता खै ? गाउँ अझैपनि पुराना ति मुखिया र जमिन्दारहरुले सोसीत ति गरिव किसानहरुलाइ अझैपनि अहंकारको तरवारले ढालिरहेछन् के यसैका लागी हो शहिदले रगत बगाएको ? उसका शव्दहरुमा यति धेरै आक्रोश थियो कि पल्लो टेवुलमा बसिरहेका केहि मान्छेहरुले पनि उसको आवाज़ सुनेर होला ट्वाँ परेर सुनिरहेका थिए ।
आज म कुवेतको तातो राप र तापमा जीवन र मृत्युलाई हातमा राखेर पैसासगँ पसीना वेचिरहेको छु हिजो गणतन्त्र ल्याउने बिश्वासमा रगतमा नुवाएको यो शरीर आज पसिनाले भिजेको छ, हिजो गोली बम र बारुदसगँ खेलेका हातहरु आज ठुला ठुला घरमा राखिएका पाईप र डोरीहरुसगँ खेलिरहेका छन्, हिजो बन्दूक़ बोकेर हिड्ने मेरा कुमहरु आज फ़लान छडेर बोकेर हिडेका छन्, अचेल सुन्छु म सगै क्रान्तिका लागी बन्दूक़ बोकेर हिडेका साथीहरु कोही मलेशिया कोहि अरव र कतारका खाडीहरुमा म जस्तै स्रम बेचिरहेका छन् , तर टाठावाठा र ठुलाबडाका छोराछोरीहरु भनेर अष्ट्रेलीया र अमेरिकामा मोज गरिरहेका छन् खै कहाँ आयो समानता ? हिजो बुर्जुवा शिक्षा पढेर काम छैन भनेर स्कुल स्कुलमा गएर किताव र पेपर जलाउन आदेश दिनेहरु अचेल तिनै बुर्जुवा शिक्षा पढाउने कलेज खोलेर शिक्षामा व्यापार गरिरहेका छन्, उ वेला सामन्तीहरुको जग्गा कव्जा गर्नेहरु अचेल जग्गाको दलाली गरेका छन्, छिमेकी भारतको बिरोध गर्दै चर्का चर्का राष्ट्रीयताका भाषण ठोकेनेहरु अचेल तिनै भारतियहरुलाई वोलाई वोलाई नागरिता बेचेका छन् , समाचारमा सुनेको नयाँ युगको सुरुवात भयो रे ! पत्याउन पनि कति पत्याउनु यार नागरिता सगँ राष्ट्रीयता बेच्ने, स्वाभिमान बेच्ने,डलरमा धर्म बेचीएको यो युगलाई कुन कोणवाट भनिन्छ यार नयाँ युग ? सर्वहारावर्गको नेतृत्व गर्छु भन्नेहरु आफै सामन्ती भएका छन् अदालतले न्याय दिदैन प्रहरीले सुरक्षा दिदैन, हस्पिटले रोगीको उपचार दिदैन, कलेजले राम्रो शिक्षा दिदैन, के यसैका लड़ेका हुन् ति योद्दाहरु ? अझ मुर्ख त ति कार्यकर्ताहरु हुन् जस्ले तिनै ग़द्दार नेताको भाषणमा ताली बजाईरहेछन्, नेताको पादपनि प्रसाद हो भनेर प्रचार गरिरहेका छन् ।
हामीलाई असल हुनुपर्छ ईमान्दार हुनुपर्छ जनताको भक्षक होईन रक्षक हुनुपर्छ भनेर सिकाउने तिनै बरिष्ठेहरु अचेल आफै भक्षक भएका छन् भ्रष्ट भएका छन् आज सोध्न मन लागेको छ : “यि काठमान्डौमा चल्ने कामरेडका कालो सिसावाला पंजेरो र प्राडोहरु ठुला मान्छेका हुन् कि असल मान्छेका ? जनताको झुपडीको घाम छेकेर गजधम्म खड़ा भएका आलिसान महलहरु ईमान्दार मान्छेका हुन् कि भ्रष्ट मान्छेका ?
युद्दका वेला छातीमा गोली लागेर घाईते भएकाहरु रोल्पा र रुकुममा अझैपनि छटपटाईरहेका छन्, युद्द जितेर गणतन्त्र आएपछि हाम्रा दिन फ़िर्छ आमा भनेर हिडेका म जस्ता हजारौ छोराछोरीहरु फर्कने आशमा आगनीको डिलमा बाटो कुरेर अझैपनि कुरिरहेछन् ति आमा बा हरु । युद्द पनि जितीयो गणतन्त्र पनि आयो हाम्रो कम्युनिस्ट सरकार पनि आयो तर हाम्रो दिन कहिल्यै आएन, राज्यव्यवस्था फेरियों तर गरिवको अवस्था कहिल्यै फेरिएन , हो बन्धु अव त हामी जाग्नै पर्छ, भ्रष्ट्रचारी र कमिशनखोरहरुले देश खोक्रो पारीसके, प्रेम संन्जेल र डा. सुरेन्द्र के सी हरु जस्तै हामी पनि जाग्नुपर्छ , रवि लामिछाने र धुर्मुश सुन्तलीहरु जस्तै जाग्नुपर्छ कुलमान र रमेश खरेलहरु जस्तै जाग्नुपर्छ हाम्रो पुस्ता त संघर्ष र आन्दोलनमै सकिने भयो कम से कम हाम्रा छोरा पुस्ताहरुले त ढुक्क बाँच्न पाउन् ।

Avatar

Next Story