बाँके: प्रधानमन्त्री ओलीद्धारा होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’को उद्घाटन

  • ३ बैशाख २०७६, मंगलवार १८:३७
  • 1092 Views
Radin NRN

भीष्म लोध, बाँके । नेपालकै पहिलो ग्रिन पाँच तारे होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ को आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको लगानीमा संचालित सो होटेलको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्नु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका भुजई गाँउमा रहेको उक्त होटलले अहिले ५० कोठामात्र बिक्रीमा राखेको छ । वातावरणीय अनुकुल हुनेगरी निर्माण गरिएको होटलका कोठामा एसीको ठाउँमा रेडियण्ड प्रविधि प्रयोग गरिएको छ ।

कार्बन डाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल दाबी गरिएको छ । जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलनका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रुपमा प्रयोग गर्दै आएको छ ।

काठमाडौंमा होटल सोल्टी क्राउन प्लाजा सञ्चालन गरिरहेको सोल्टी होटल लिमिटेडकै लगानीमा नेपालगञ्जमा उक्त होटल सञ्चालनमा आएको हो ।

Avatar

Next Story