स्वास्थ्य र खुशी रहन नेपालगञ्जमा ध्यान योग शिविर

  • ३ बैशाख २०७६, मंगलवार १८:१२
  • 2964 Views
Radin NRN

भिष्म लोध, बाँके । स्वास्थ्य र खुशी रहने शन्देश प्रवाह गर्न नेपालगञ्जमा आज (मंगलबार) ध्यान योग शिविर सञ्चालन गरिएको छ । नेपालगञ्ज जेसीजको जेसीज सप्ताह मनाउने क्रममा आज नेपालगञ्जमा द आर्ट अफ लिभिङको समन्वयमा नेपालगञ्जमा ध्यान योग शिबिर संचालन गरिएको हो ।

शिविरमा योग र ध्यानका साथै औपचारिक शिक्षा, नैतिक शिक्षा, घरपरिवारमा नियमित गरिने व्यवहारिक काम र नैतिक आचरणका विषयमा योग गुरु काव्य लम्सालले सहजीकरण गर्नुभएको थियो ।

जेसीज सप्ताह अन्तर्गत दोस्रो कार्यक्रमका रुपमा आर्ट अफ लिभिङ्ग कार्यक्रम गरिएको सप्ताहका मुुल संयोजक आशिष आनन्दले जानकारी दिनुभयो । ध्यान योग शिविरमा ७० जना सहभागि भएका थिए ।

Avatar

Next Story