सेवाग्राहीका लागि नेपालगञ्ज उपमहानगरपालिकामा स्वास्थ्य सहायता कक्ष स्थापना

  • ३ बैशाख २०७६, मंगलवार १८:०७
  • 806 Views
Radin NRN

भिष्म लोध, बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा आउने सेवाग्राहीहरुको स्वास्थ्यलाई ध्यान दिँदै उपमहानगर कार्यालयमा स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याइएको छ । स्वास्थ्य सहायकता कक्षको आज (मंगलबार) नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले उद्घाटन गर्नुभयो ।

कार्यालयमा आउने सेवाग्राहीलाई स्वास्थ्यको शन्देश प्रवाह गरी सचेत बनाउन सो कक्ष संचालनमा ल्याइएको हो । उपमहानगरपालिका, स्वास्थ्य शाखाका अनुसार सेवा लिन आउने सेवाग्राहीको प्रेसर जाँच, वेट, तथा आवश्यक समस्याबारे जानकारी प्रदान गर्ने कक्षको मुख्य काम रहनेछ ।

त्यस्तै नेपाल सरकारद्धारा निःशुल्क प्रदान गरिने आठ घातक रोगहरुको उपचार र पद्धतिबारे समेत सेवाग्राहीलाई जानकारी गराउन स्वास्थ्य शाखले एक जना स्टाफ नर्सको व्यवस्था गरेको छ । स्वास्थ्य जाँचमा सहभागि हुने तथा इच्छुक व्यक्तिलाई आवश्यक समस्याबारे प्रमर्श दिनुका साथै सम्बन्धित स्वास्थ्य संस्थामा समेत जान सुुझा दिइने स्टाफ नर्स लक्ष्मी बिकले जानकारी दिनुभयो ।

साथै स्वास्थ्य सहायता कक्षमा बिभिन्न स्वास्थ्य समस्याका बारेमा आवश्यक जानकारीसहितको पर्चा, पम्प्लेट समेत राखिएको छ । कक्षबाट पहिलो दिन नै ४० बढिले सेवा लिएको स्टाफ नर्स बिकले बताउनुभयो ।

Avatar

Next Story