पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन सभापति देउवा

  • ३ बैशाख २०७६, मंगलवार १७:५९
  • 910 Views
Radin NRN

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ । कञ्चनपुर कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले पार्टी एकताको शुरुवात कार्यकर्ता तहमा कञ्चनपुरबाटै हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टी्भित्र देखिएको मतभिन्नता समाधान गर्न सबै नेताहरु लाग्नु पर्ने भन्दै एक ढिक्का नभएकै कारण सत्ता पक्षले ज्यादती गरेको आरोप लगाउनुभयो ।

पार्टी एक भएर गए कसैले पनि कमजोर बनाउन नसक्ने भन्दै उहाँले आगामी निर्वाचनमा कांग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने दाबीसमेत गर्नुभयो ।

Avatar

Next Story