दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

  • २ बैशाख २०७६, सोमबार १४:३०
  • 767 Views


Radin NRN

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ ।  आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको हो ।

करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उहाँले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिनुभयो । आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि उहाँले निर्देशन दिनुभयो । मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिनुभएको हो ।

कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उहाँले अन्तः शुल्क सङ्कलनमा चुस्त–दुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको कार्यालय प्रमुख शुवप्रसाद रिजालले बताउनुभयो ।

Avatar

Next Story