प्रधानमन्त्री ओलीद्वारा समता स्कूललाई व्लर्ड बुक अफ रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण

  • २ बैशाख २०७६, सोमबार १४:२१
  • 1664 Views
Radin NRN

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौँलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्नुभएको छ । आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस् लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभयो ।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताउनुभयो । साथै उहाँले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधव नेपालको पनि उपस्थिति थियो ।

Avatar

Next Story