आजदेखि विद्यार्थी भर्ना अभियान सुरु , ९१ हजार बालबालिका अझै पनि विद्यालय बाहिर

  • २ बैशाख २०७६, सोमबार १२:०५
  • 1794 Views
radionrn

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय र्पुयाऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत आजदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने केन्द्रका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।
गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा यो बर्ष बढेर ९१ हजार बालबालिका विद्यालय बाहिर पुगेको सरकारी तथ्यांकले देखाएको छ ।
पाँचदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएका थिए ।
जग्गा अनियमितता प्रकरणमा प्रधानमन्त्री निवास अगाडि विवेकशील साझाकोे खबरदारी

Avatar

Next Story