सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

  • २ बैशाख २०७६, सोमबार ०९:३६
  • 533 Views
radionrn

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई गयराति हनुमानढोका दरबार अघि पु¥याइएको छ ।

असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघि पु¥याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिनुभएको छ ।

आज अपरान्ह साँढे ४ बजे रथ तानेर लगन पु¥याइने छ । रथ लगन पु¥याएपछि आजै जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रनाथको दर्शन गराउन लगिने कार्यक्रम रहेको छ ।

Avatar

Next Story