आजको मौसम : बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

  • २ बैशाख २०७६, सोमबार ०९:२८
  • 1807 Views
radionrn

बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्पले गरेको क्षतिबारे अहिलेसम्म जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमका पहाडी भूभागमा आज आंशिक देखि सामान्य बदली भएपनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज राति पनि पूर्वी र मध्य पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।केही स्थानमा राति पानी पर्ने सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

Avatar

Next Story