महिला हक्की शुरु : पहिलो खेलमा गण्डकी प्रदेश बिजयी

  • १ बैशाख २०७६, आईतवार १६:३०
  • 507 Views
Radin NRN

भिष्म लोध,बाँके
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेको खजुरामा भएको महिला हक्की खेलमा गण्डकी प्रदेशले प्रदेश नं–१ लाई ४–० गोल पराजित गरेको छ । गण्डकी प्रदेशले प्रदेश नं–१ पराजित गरेको हो । गण्डकी प्रदेशले खेलको शुरु देखि नै दबाब दिए पनि खेलको पहिलो क्वाटरमा गोल गर्न सकेका थिएनन् ।

दोस्रो क्वाटरको खेलमा गण्डकी प्रदेशकी जर्सी नं. १६ का मिना परियारले १७ मिनेटमा गोल गरेर टिमको तर्फबाट खाता खोलेकी थिइन । गण्डकी प्रदेशले प्रदेश नं. १ लाई निरन्तर दबाबमा राखेपछि खेलको तेस्रो क्वाटरमा जर्सी नं.५ की देवीकी विकले ४३ मिनेटमा दोस्रो गोल गरिन । तेस्रो क्वाटरमा जर्सी नं.६ की कमला राणाले ४० र ४५ मिनेटमा २ गोलको योगदानपछि गण्डकी प्रदेश ४ गोलले बिजयी बन्यो ।

खेलको निर्धारित समयमा गण्डकी प्रदेशले ६ पेनाल्टी कर्नर पाएको थियो भने प्रदेश नं.–१ ले १ पटक मात्र पाएको अवसर पनि सदुपयोग गर्न सकेन । दोस्रो खेल आजै साँझ ४ बजे प्रदेश ३ र प्रदेश ७ बिच प्रतिशपर्धा हुनेछ ।

पुरुष हक्कीमा नेपाल प्रहरी सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान मंगलप्रसाद माविमा भएको खेलमा नेपाल आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३९ सेकेन्डमा प्रहरीका मनोज चौधरीले गोल गरेर अग्रता कायम गरेकै समाय प्रहरीकै सागर आचार्यले ५० मिनेटमा थप गोल गरी अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको ५५ औं मिनेटमा आर्मीबाट दीपेन्द्र ऐरले १ गोल फर्काउन सफल भए । यसअघि हक्कीमा प्रदेश ५ पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा च्याम्पियन बनेको आर्मीलाई पुरस्कृत गरिएको छ । ६ स्वर्ण, ४ रजत र ५ कास्य जित्दै च्याम्पियन बनेको आर्मीलगायत टिमलाई आज प्ुरस्कृत गरिएको हो ।

फेन्सिङ खेलमै एपीएफ ३ स्वर्ण, ५ रजत र ५ कास्य जितेर दोस्रो र ३ स्वर्ण, २ रजत र ६ कास्य जितेर प्रदेश ३ तेश्रो बनेको छ । प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा रहे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल लगायतले आज बिहान एक कार्यक्रमबीच पुरस्कृत गर्नुभएको हो । चैत २८ गतेदखि नेपालगञ्ज रंगशालाको कभर्डहलमा शुरु प्रतियोगतामा १ सय २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Avatar

Next Story