नेपालगञ्जमा आठ कक्षाको नतिजा सार्वजनिक,१ सय ८६ जनाले ए प्लस ल्याउन सफल

  • १ बैशाख २०७६, आईतवार १३:२१
  • 1313 Views
Radin NRN

भिष्म लोध,बाँके
आठ कक्षाको बार्षिक परिक्षामा नेपालगञ्जका १ सय ८६ जनाले ए प्लस ल्याएका छन् । नगर शिक्षा शाखाले शनिबार प्रकाशित नतिजा अनुसार परिक्षामा सम्मिलित दुई हजार पाँच सय ९३ परिक्षार्थीमध्ये १ सय ८६ जनाले ए प्लस ल्याउन सफल भएका हुन ।

नतिजा अनुसार जम्मा परिक्षार्थीमध्ये ४ सय ९४ जना ए, ६ सय ९६ जना बि प्लस, ७ सय ७ जना बि, ९३ जना सि प्लस, २ सय ९२ जना सि, १ सय ३८ जना डि प्लस ग्रेडमा उतिर्ण भएको छन् ।

त्यस्तै सबै भन्दाबढि जिपिए ल्याउनेमा लोटस ईग्लिस बोर्डिङ्ग स्कुलकी सभ्यता श्रेष्ठले ३.९५, गोल्डेन एबिसी स्कुलका सुदिप कुमार चौधरी ३.९५ र आदर्श माबि नेपालगञ्जका अतिथ अधिकारी ३.९५ ल्याउन सफल भएका छन् । जम्मा २६ सय ४४ जना बिद्यार्थीले आठ कक्षाको परिक्षामा सहभागिता जनाउनुपर्नेमा ५१ जना अनुपस्थित रहेका थिए ।

Avatar

Next Story