नेपालगञ्जमा आजदेखि जेसीज सप्ताह शुरु

  • १ बैशाख २०७६, आईतवार १३:१८
  • 1677 Views
Radin NRN

भिष्म लोध,बाँके
नेपालगञ्जमा आजदेखि जेसीज सप्ताह शुरु भएको छ । आज बैशाख १ गते पहिलो दिन नेपालगञ्जको एमपी स्कुल रोडमा रहेको जेसी बाल संसार बिद्यालयमा बृक्षारोपण गर्दै सप्ताहको उदघाटन गरिएको हो ।

नेपालगञ्ज जेसीजका अध्यक्ष रत्नकाजी शाक्यले नेपाल जेसीजको बिधान अनुसार हामीले प्रत्येक वर्षझै यसवर्ष पनि जेसीज सप्ताह मनाउन लागेको बताउनुभयो । जेसीजले अन्य समयमा बिबिध कार्यक्रमहरु गर्ने गरेको गरिए पनि जेसीज सप्ताहमा भने सात दिन सात कार्य गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सप्ताह अन्तर्गत बैशाख ३ गते आर्ट अफ लिभिङ्ग (स्वास्थ्य र खुशी), ४ गते जेसीज एण्ड यु (जेसीज र तिमि), ६ र ७ गते संसदीय सभा प्रणाली, १० गते गते रक्तदान कार्यक्रम र १४ गते समापन कार्यक्रम गरिनेछ ।

जेसीज सप्ताह मुुल संयोजक आशिष आनन्दका अनुसार प्रत्येक कार्यक्रमको संयोजक पनि छुट्टा–छुट्टै तोकिएको छ । कार्यक्रमलाई भब्य र सफल बनाउन यस्तो गरिएको उहाँले बताउनुभयो ।

Avatar

Next Story