भ्रमणमा जाँदै गरेको बस सर्लाहीमा दुर्घटना हुदा ३ जनाको मृत्यु, ३१ घाइते

  • १ बैशाख २०७६, आईतवार ११:३९
  • 689 Views
Radin NRN

सर्लाहीको लालबन्दी नगरपालिका–१ बगवानीमा बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत बगवानीको जंगलमा आ बिहान बा३ख १३१८ नम्बरको बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको छ।

उक्त बस काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको थियो। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा सुनसरी र मोरङका अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरी छन्।

घाइते ३१ घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको विराटनगरमा उपचार भइरहेको तथा सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

Avatar

Next Story