आजबाट नयाँ वर्ष २०७६ सुरु

  • १ बैशाख २०७६, आईतवार ०९:४३
  • 3016 Views


radionrn

नयाँ वर्ष २०७६ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी वर्ष २०७६ साल आजबाट शुभारम्भ भएको हो ।

आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्दछन् ।

नयाँ वर्षको पहिलो दिन आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

यसैबीच, प्रदेश २ मा आज र भोली सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले जुडसीतलका अवसरमा बैसाख २ गते सार्वजनिक बिदा घोषणा गरेपछि लगातार २ दिन सार्वजनिक बिदा हुने भएको हो।

Avatar

Next Story