मलेसियामा जारी आईसीसी यू १९ एकदिवसीय विश्वकप क्रिकेटमा सिंगापुरमाथि नेपालको शानदार जित

  • २९ चैत्र २०७५, शुक्रबार १५:२७
  • 806 Views
Radin NRN

काठमाण्डौ, आईसीसी यू १९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
आज भएको पहिलो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो ।

क्वालाम्पुरस्थित सिलानगोर तर्फ क्लबको मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ८२ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शतक बनाउन ५ रनले चुके । पवन ४७ रनमा आउट भए ।

यस्तै नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २–२ विकेट लिए ।

Avatar

Next Story