हिन्दुराष्ट्र उठाउनेले मात्र जनताको मन जित्न सक्छन : शंकर भण्डारी

  • २८ चैत्र २०७५, बिहीबार ०९:३०
  • 3614 Views
radionrn

काठमाडौँ । नेपाली काँग्रेसका नेता शंकर भण्डारीले पार्टीको आगामी महाधिवेशनमा हिन्दु राष्ट्रको विषय मुख्य चुनावी एजेण्डा बन्ने बताउनु भएको छ ।

जुन नेताले हिन्दु राष्ट्रको विषयलाई उठाउछ त्यही नेता नै महाधिवेशनमा विजयी हुने उहाँले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा दावी गर्नुभयो ।

पार्टी र देशलाई बचाउनका लागि यो विषय अनिवार्य भएको नेता भण्डारीको भनाई छ । उहाँले हिन्दु राष्ट्र बनाउने विषयलाई आत्मसाथ गर्न सक्ने नेताले नै जनताको मन जित्ने दावी गर्नुभयो ।

सनातन हिन्दुराष्ट्रलाई ध्वस्त पार्ने कुत्चीत मनासयका साथ संविधानमा धर्म निरपेक्षताको विषय राखिएको र यो विषय कुनै आन्दोलनमा नउठेको उहाँले बताउनु भयो । उहाँले पार्टी नेतृत्व पार्टी सञ्चालनमा असफल भएको र बैचारिक रुपमा पनि अस्पष्ट भएको आरोप लगाउनु भयो ।

Avatar

Next Story