नेपाली चेली सितामैया बनिन् किर्तिमानी सितारवादक

  • २५ चैत्र २०७५, सोमबार ०९:२५
  • 1430 Views
radionrn

सितारवादक एवं साँस्कृतिक संस्थानकी कलाकार सितामैया राजचललाई वल्ड बुक अफ रेकर्ड, लण्डन ले “उभिएर सितार बजाउने विश्वकै पहिलो महिला सितारवाद” शिर्षक अन्तरगत सूचिकृत गरेको छ । वरिष्ठ सँस्कृतिविद् एवं शताब्दीपुरुष सत्य मोहन जोशीले उहाँलाई सूचिकृत भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले यस्ता कार्यक्रमले प्रतिभा प्रष्फुटन गर्न सहयोग पुग्ने र नेपालीले यस्ता किर्तिमान राख्न सक्नु गौरबको कुरा भएकाले बताउनु भयो ।

विश्वव्यपी रुपमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्थाको रुपमा रहेको वल्ड बुक अफ रेकर्डले पछिल्लो समय नेपालका पनि धेरै व्यक्ति तथा संस्थाहरुलाई खोजी खोजी विश्वकिर्तिमानीको रुपमा सूचिकृत गरेको त्यस संस्थाका नेपाल अध्यक्ष सागर कटुवालले जानकारी दिनुभयो ।

एसिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक साँस्कृतिक, सांगितिकलगायत क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका अरु पनि थुप्रै व्यक्ति र संस्थालाई सूचिकृत गर्नका लागि अध्ययन गरिहेको उहाँले बताउनु भयो ।

Avatar

Next Story