तेस्रो लगानी सम्मेलन आजबाट सुरु

  • १५ चैत्र २०७५, शुक्रबार १०:१२
  • 2171 Views
radionrn

काठमाडौँमा आजदेखि लगानी सम्मेलन हुदैछ । आज र भोली गरि २ दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहिबेरमा उद्घाटन गर्दै हुनुहुन्छ ।

मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्नका लागी लगानी सम्मेलन हुन लागेको हो । सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिइने छ ।

सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधि मण्डल लगायत ६०० बढी लगानी कर्ताको सहभागीता हुनेछ । कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ ।

सम्मेलनका लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तीनवटै सुरक्षा निकायको समन्वयमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिनुभएको छ ।

सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी वीर, निजामती, सैनिक, पाटन, भक्तपुर तथा त्रिविवि शिक्षण अस्पताललाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ ।

Avatar

Next Story