रंगहरुको पर्व होलीलाई मर्यादीत तवरले मनाउन सरकारको आग्रह, इच्छा विपरित लोला हाने पक्राउ गरेर मुद्दा चलाउने प्रहरीको चेतावनी

  • ५ चैत्र २०७५, मंगलवार २०:१८
  • 2080 Views
radionrn

सरकारले रंगहरुको पर्व होलीलाई मर्यादीत तवरले मनाउन आग्रह गरेको छ । गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै रंगहरुको पर्व होलीलाई हर्षाेउल्लासका साथ मर्यादीत तवरले मनाउन आग्रह गरको हो ।
काठमाडौँ उपत्यकासहित पहाडी जिल्लामा चैत ६ अर्थात भोलि र तराईका जिल्लामा चैत ७ अर्थात पर्सी मनाइने होलीलाई सुरक्षीत पार्न सरकारले मातहतका निकायलाई निर्देशन पनि दिइसकिएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता कृष्णराज सुवेदीले मर्यादीत तवरले होली मनाउन आग्रह गर्नुभयो । उहाँले कसैले उच्छृङ्खल गतिविधि गरे कानुन बमोजिम दण्ड सजाय गरिने चेतावनी दिनुभयो ।

प्रहरीले देशभरका ७७ वटै जिल्लामा होली विशेष सुरक्षा योजना अन्तगर्त प्रहरी तैनाथ हुने जनाएको छ । रङ दलेर होली एक आपसमा भाइचाराका साथ खुशी मनाउँदै सद्भाव साटासाट गर्ने पर्व हो । तर पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ््याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना पनि छन् । यस पटक भने त्यसो हुन नदिन विशेष सुरक्षा योजना लागु गरिएको प्रहरीले जनाएको छ । होलीका दिन कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गरिने प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो ।

इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको पनि प्रहरीले जनाएको छ । हिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रल्हादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रल्हादलाई केही नभएको किम्बदन्तीअनुसार त्यसैको खुशियालीमा एकआपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

Avatar

Next Story