राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई सभामुखको आग्रह

  • ४ चैत्र २०७५, सोमबार १४:१०
  • 1157 Views
radionrn

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
सभामुख महराले राजनीतिक अस्थिरता जन्माउने खालका गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गर्दै मुलुकको समृद्धिमा केन्द्रित हुने गरी राजनीतिक सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गर्नुभएको हो ।
ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रमैत्री हुने गरी कानुन निर्माण गर्ने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले समाजवाद उन्मुख अर्थमन्त्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
निजी क्षेत्रले पनि लगानी मैत्री वातावरण निर्माण हुने गरी कानुन बनाउन सरकारसँग छलफल गरेरै अघि बढनुपर्ने सभामुख महराको भनाई छ ।
उहाँले सरकारले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थमन्त्र निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

Avatar

Next Story