नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण रहेका छ अर्थमन्त्री डा. खतिवडा

  • ४ चैत्र २०७५, सोमबार १४:०३
  • 1547 Views
radionrn

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा नागरिक लगानी कोष भवनको शिलान्यास तथा कोषको २९औं वार्षिकोत्सव कार्यक्रममा उहाँले लगानीको वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो ।
अर्थमन्त्री डा. खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सघाउन लगानीकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।
कोषले जनताको हितमा हुनेगरी काम गर्नुपर्ने भन्दै उहाँले लगानीबाटमात्र मुलुकको समृद्धि सम्भव रहेको बताउनुभयो ।
अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनको तयारी भइरहेकाले नेपाल लगानी गर्न उपयुक्त मुलुक भएको पनि बताउनुभयो ।
कार्यक्रममा लगानी कोषका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

Avatar

Next Story