पार्टीसँग परामर्श गरेर प्रधानमन्त्रीले मन्त्रीमण्डल फेर्न सक्नुहुन्छ : उर्जामन्त्री पुन

  • ३ चैत्र २०७५, आईतवार १७:४७
  • 1456 Views
Radin NRN

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताउनुभएको छ । मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै त्यसलाई आफूले महत्व नदिएको स्पष्ट पार्नुभयो ।

आज आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले मन्त्रीहरुको कार्य विभाजनमा हेरफेर गर्ने विषय सामान्य भएको र बसुन्जेल देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

मन्त्री पुनले आफ्नो मन्त्रालयले सबैभन्दा बढी कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको दाबी गर्नुभयो । सिँचाईतर्फ २ हजार ३ सय मध्ये एक हजार ६ सय भन्दा बढी कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरिएको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको एक वर्षे प्रगति विवरणमा उल्लेख गरिएको छ ।

मन्त्री पुनले सिँचाईतर्फ २८ प्रतिशत मात्रै कर्मचारी संघ मातहत राखेर अन्यलाई संघीयताको भावना अनुसार प्रदेश र स्थानीय तहमा परिचालन गरिएको स्पष्ट पार्नुभयो ।

Avatar

Next Story