अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्नेमा प्रचण्डको जोड

  • ३ चैत्र २०७५, आईतवार १७:४१
  • 1339 Views
Radin NRN

पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा व्यवस्था परिवर्तन, संविधान घोषणा तथा निर्वाचन गर्ने शक्तिहरु मिलेर अन्योलता र अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्ने बताउनुभएको छ ।

पत्नी सिता दाहालको उपचारको लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा उहाँले आफ्नो अमेरिका भ्रमणको मुख्य उद्देश्य पत्नी सीताको उपचार नै भएको प्रष्ट पार्नुभयो ।

अमेरिकामा पत्नी सीताको उपचारका लागि जाने क्रममा उहाँले अमेरिकामा राजनितिक भेटघाट पनि हुनसक्ने उहाँले बताउनुभयो ।
’अमेरिकामा दुई देशको विषयमा कुरा हुने सम्भावना रहेको बताउनुभयो । परराष्ट्र मन्त्रालयको जानकारी अनुसार त्यहाँबाट औपचारिक पत्र पठाइसकिएको र औपचारिक र अनौपचारिक छलफल हुने सम्भावना बढेको उहाँको भनाई छ ।

नेपालमा सिस्टम नै परिवर्तन भएकाले थुप्रै नयाँ संरचना र ऐनहरु बनाउनुपरेको भन्दै प्रचण्डले त्यसैकारण जनताबाट तिब्र विकास नभएको गुनासो सुनिएको बताउनुभयो ।

Avatar

Next Story