बैतडीमा ५० विद्यार्थी एसईई दिन बाट बञ्चीत

  • ३ चैत्र २०७५, आईतवार १७:०५
  • 871 Views
Radin NRN

डि आर भट्ट , बैतडी
बैतडीमा माध्यमिक शिक्षा परीक्षामा ५० विद्यार्थीले एसईई दिन नपाउने भएका छन् । ३० छात्रा र २० जना छात्र गरि ५० जना विद्यार्थि परिक्षाबाट बञ्चित हुने भएका छन् ।  विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट वञ्चित हुनुपरेको शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जनाएको छ ।

एसईई परीक्षामा बैतडीबाट ५ हजार ८ सय १८ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ २ हजार २ सय छात्र र ३ हजार १० छात्रा गरी ५ हजार ८ सय १८ सहभागि हुदै छन ।  जसअन्तरगत पूरक ग्रेड वृद्धितर्फका पुराना १ सय १४ नयाँ २ सय ७३ र प्राविधिक धारका ६९ विद्यार्थि रहेका छन् । सामुदायिक १ सय १९ र संस्थागत ४ गरी जम्मा १ सय २३ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

Avatar

Next Story