पानीमा डुबेर नावालिकाको मृत्यु

  • ३ चैत्र २०७५, आईतवार १६:५३
  • 1209 Views
Radin NRN

उत्तम चौलागाई , खोटाङ
खाल्डोमा जमेको पानीमा डुबेर खोटाङमा नावालिकाको मृत्यु भएको छ । महुरे–फोक्सिङटार सडक खण्डको किनारमा खाल्डो खनेर जमाइएको पानीमा डुबेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाकी २३ महिनाकी बालिका तुलसा बिश्वकर्माको मृत्यु भएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताउनुभयो ।

सडकको कल्भर्ट बनाउनेक्रममा आवश्यक पानी जम्मा गर्नका लागि ठेकेदारले खनेको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको हो । खेल्नेक्रममा शनिबार पानी जमेको खाल्डोमा डुबेका बालिकाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।

Avatar

Next Story