चीनले आतंकवादीको कालो सूचीमा राखेन पाकिस्तानको अजहरलाई

  • ३० फाल्गुन २०७५, बिहीबार १७:३७
  • 377 Views
Radin NRN

चीनले पाकिस्तानस्थित चरमपन्थी समूह जैस–ए मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई अन्तर्रा्ष्ट्रिय आतंकवादीको कालो सूचीमा समावेश गर्न अस्वीकार गरेको छ ।

संयुक्तराष्ट्र संघको सुरक्षा परिषदमा अमेरिका, ब्रिटेन र फ्रान्सले मसूद अजहरलाई अन्तर्रा्ष्ट्रिय आतंकवादीको कालो सूचिमा समावेश गर्न राखेको प्रस्ताव चीनले अस्वीकार गरेको हो ।

अजहरमाथि प्रतिबन्ध लगाउन राखेको प्रस्ताव अध्ययन गर्न आफूलाई थप केही समय आवश्य रहेको चीनले बताएको छ ।
योसँगै अजहरलाई आतंककारी घोषणा गर्न तेस्रो पटकको प्रसास पनि असफल भएको छ ।

Avatar

Next Story