मधेशमा राष्ट्र विखण्डनको नारा लाग्दैन् : मन्त्री पण्डित

  • ३० फाल्गुन २०७५, बिहीबार १७:२२
  • 390 Views
Radin NRN

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेशमा अब कुनै किसिमको राष्ट्र विखण्डनको नारा नलाग्नेमा ढुक्क रहेको बताउनु भएको छ । जनकपुरमा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त आयोजनामा आज भएको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्र विखण्डनको मुद्दा अन्त्य भएको दावी गर्नु भयो ।

उहाले सिके राउत तर्फ ईङ्गित गर्दै केही दिन अघि ११ बुँदे सहमति पछि मधेशमा अब राष्ट्र विखण्डनको मुद्दा अन्त्य भएको र देश समृद्धि तथा विकासतर्फ अग्रसर हुने बताउनु भयो ।

उहाले देश अब कुनै द्वन्द्वमा नफस्ने बताउँदै आवश्यकता अनुसार संविधान संशोधन हुने पनि बताउनु भयो । उहाले विप्लव समूहलाई अराजक गतिविधि छाडी सरकारले खुल्ला राखेको वार्ताको विकल्पमा आउन समेत आह्वान गर्नु भयो ।

Avatar

Next Story