निर्मला हत्या काण्डमा अदालतद्धारा ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश

  • ३० फाल्गुन २०७५, बिहीबार १७:१९
  • 390 Views


Radin NRN

जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले आज यो आदेश दिएको हो । अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रमाण नष्टमा ५ र यातनामा ४ लाख गरी ९ लाख धरौटी मागिएको छ ।

यस्तै, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरि सिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको छ ।

निर्मलाकी आमा दूर्गादेवी र दिलिप सिंहका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर भएको थियो ।

तर, विष्ट र डीएसपी अंगुर जिसी फरार छन् भने ६ जना पक्राउ परेका थिए । अदालतमा मुद्दा चलिरहेकै बेला दूर्गादेवीले निवेदन फिर्ताका लागि आवेदन दिनु भएको थियो ।

Avatar

Next Story