केही स्थानमा हल्का वर्षाकोे सम्भावना

  • ३० फाल्गुन २०७५, बिहीबार १७:००
  • 507 Views
Radin NRN

पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । हिजोदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको एकरदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भइ पश्चिमी भू–भागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुजन सुवेदीले औंल्याउनुभयो ।

भोली देशको पश्चिमी भू–भागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, शनिबार बिहानीपख देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

Avatar

Next Story