संगठनभित्रको कमजोरी सुधार्छु – आईजीपी खनाल

  • ३० फाल्गुन २०७५, बिहीबार १६:३५
  • 208 Views
Radin NRN

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनभित्र कमजोरी रहेको स्वीकार्दै आफ्नै कार्यकालमा सुधारेर देखाउने दाबी गर्नुभएको छ । झापामा सडक दुर्घटना न्यूनिकरण महाअभियान अन्तरगत दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्दै खनालले प्रहरीभित्र बेथिति रहेको स्वीकार गर्नुभएको छ ।

‘प्रहरी संगठनभित्र केही कमिकमजोरी र बेथिति रहेको स्विकार गर्दै त्यसलाई रोक्न लागिपरेको बताउनुभयो । उहाँले प्रहरी अधिकारीलाई जनताको सेवा र शान्ति सुरक्षा कायम गर्ने विषयमा जस्तोसुकै चुनौतिसँग नडराइ उच्च मनाबेलका साथ काम गर्न निर्देशन पनि दिनुभएको छ ।

उहाँले झापासहित मुलुकका सीमावर्ती जिल्लाहरुमा मदिरा र लागूऔषधको प्रयोग बढेको उल्लेख गर्दै त्यसलाई रोक्न विशेष कार्ययोजना लागू गरेर आक्रमक बन्न पनि प्रहरीलाई निर्देशन दिनुभयो ।

विकसित मुलुकमा प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थितिलाई विस्थापन गरेको उल्लेख गर्दै उहाँले प्रविधिको प्रयोगसँगै सडकमा उपस्थित हुने प्रहरीको संख्या क्रमशः घट्दै गइ सडक प्रयोगकर्ता र प्रहरीबीचको द्वन्द्व न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

Avatar

Next Story