पूर्वी चितवनमा सात हजार लिटर घरेलु मदिरा नष्ट

  • ३० फाल्गुन २०७५, बिहीबार १६:३२
  • 1118 Views


Radin NRN

प्रहरीले पूर्वी चितवनको विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । अप्रेसन एक टोल एक घण्टा’ अभियान अन्तरगत चितवन प्रहरीले पूर्वी चितवनको विभिन्न ठाउँबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो ।

पूर्वी चितवनको रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाको विभिन्न स्थानबाट एक हप्ताको अवधिमा प्रहरीले करिब एक लाख ७ हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो ।

बरामद गरिएको सो अवैध मदिरा इलाका प्रहरी कार्यालय टाँडी, इलाका प्रहरी कार्यालय, खैरहनी र इलाका प्रहरी कार्यालय भण्डारामा आज नष्ट गरिएको छ ।

मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी अखाद्य बस्तुहरु प्रयोग गरी बनाइएको घरेलु मदिरा बरामद गरि नष्ट गरिएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

Avatar

Next Story