भोलिदेखि राहदानी विभाग ९ बजे नै खुल्ने

  • ३० फाल्गुन २०७५, बिहीबार १५:२२
  • 637 Views
Radin NRN

राहदानी विभागले भोलिदेखि कार्यालय समय परिवर्तन गर्ने भएको छ । भोलीदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ ।

सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ ।

पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । तर यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो ।

Avatar

Next Story