राष्ट्रियसभा नियमावली पारित

  • ३० फाल्गुन २०७५, बिहीबार १५:१८
  • 1157 Views
Radin NRN

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

यसअघि नियमावली संशोधनकर्ता सांसद डा विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिनुभएको थियो । नियमावलीमाथिको दफावार छलफलमा भाग लिँदै सांसद रामप्रीत पासवान र रामलखन चमारले संविधानको भावनानुसार समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिन आग्रह गर्नुभयो ।

राष्ट्रियसभाको बैठक आज नै १५ मिनेटका लागि स्थगन भएको छ ।
–––

Avatar

Next Story