देशभर विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव

  • ३० फाल्गुन २०७५, बिहीबार १५:१६
  • 234 Views
Radin NRN

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभावले देशभरको जनजिवन प्रभावित भएको छ । सरकारले आफ्नो पार्टीको गतिविधिमा प्रतिवन्ध लगाएको विरोधमा विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको बावहान गरेको हो । बन्दले यातायात, शैक्षिक संस्था बन्द छन् ।विशेष गरेर राजमार्ग आसपासका बजारहरु खुल्ला रहेपनि सवारी आवागमन भने पातलो छ ।

केही स्थानमा नेकपा समूहले रोकिराखेको ट्रकमा आगजनी समेत गरेका छन् । विभिन्न स्थानमा भेटिएका शंकास्पद वस्तु बम नभएको देखिएको छ ।

तर काठमाडौं उपत्यकामा तर बन्दको प्रभाव आंशिक मात्रै देखिएको छ । भाडाका साथै निजी गाडीहरुको आवागमनमा समस्या छैन । तर, विद्यालयहरु भने बन्द रहेकाछन् । यता बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ । नेपालगन्ज–कोहलपुर सडकमै बम फेला परेपछि जनजीवन आतंकित बनेको छ ।

सानो बाल्टिन जस्तो देखिने भाँडामा बाहिर पट्टी ‘खतरा’ लेखेर छाडिएको उक्त बस्तु राँझास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलले जानकारी दिनुभयो ।

यस्तै उदयपुरको कटारी नगरपालिका ३ मा भेटिएको सुतली बम सेनाले डिस्पोज गरेको छ । आज बिहानै स्थानीयले शंकास्पद बस्तु देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै खटिएको प्रहरी टोलीले कटारी ३ को देवीथानस्थित आँपको गाछीमुनि रहेको उक्त बम सुतली भएको प्रमाणित भएको थियो ।

Avatar

Next Story